नियम ४३
बढुवा सम्बन्धी विशेष व्यवस्था
(१) कार्यरत रहेको पदमा तीन बर्ष सेवा अबधि पुरा गरेका र डोसियरमा कैफियत नजनिएका सहायक सेनानी देखि सहायक रथी दजाँ सम्मका सैनिकले उमेरको हद बा पदावधिको कारणबाट अवकास हुने भएमा अवकास हुनु भन्दा/एक महिना अगाडि निजको बिशेष योगदानको आधारमा नेपाल सरकारले आबश्यक ठानेमा त्यस्ता सैनिकलाई एकतह माथिका पदमा वढुवा गर्न सक्नेछ ।
(२) उपनियम (१) वमोजिम बढुवा भएको सैनिकको पदस्थापना गर्न आवश्यक पर्ने विशेष तह र पद स्वतः सिर्जना भएको मानिनेछ र त्यस्तो सैनिक सेवाबाट अवकास भएपछि सो तह र पद स्वतः खारेज हुनेछ ।
(३) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि युद्ध, आन्तरिक द्वन्द्व तथा शान्ति स्थापना कार्यमा बहादुरी प्रदर्शन गर्ने, राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरको खेलकुदमा पदक जित्ने, हिमाल आरोहण जस्ता साहसिक कार्य गर्ने, आप्mनो ज्यान
जोखिममा पारी सर्वसाधारण जनता÷सहकर्मीको ज्यान तथा राष्ट्रिय सम्पत्तिको रक्षा गर्ने आदि जस्ता राष्ट्र, तथा नेपाली सेनाको मान, प्रतिष्ठा र गौरव बढाई प्रशंसनीय कार्य गर्ने प्रमुख सुबेदार र सुवेदारलाई रिक्त सहायक सेनानी पदमा र सो भन्दा मुनिका पदका सैनिकलाई एक दर्जा र तह माथि रिक्त पदमा बढुवा समितिको सिफारिसमा बढुवा गर्न सकिनेछ । तर यस नियम बमोजिम प्रमुख सुवेदार र सहायक सेनानी दर्जामा पदोन्नति गर्दा न्यूनतम बाह्र वर्षको सेवा अवधि पूरा भएको हुनु पर्नेछ ।यस उपनियम बमोजिमको विशेष बढुबा एक व्यक्तिको लागि सेबा अबधिमा एक पटक मात्र गरिनेछ ।
(४) उपनियम (१) र (३) अनुसार हुने बढुवाको लागि सिफारिस गर्न तत् तत् पदका लागि गठन हुने बढुवा समितिको सिफारिसमा गरिनेछ । अधिकृत पदमा गरिने यस्तो बढुवाको निर्णय गर्ने अधिकार नेपाल सरकारलाई हुनेछ ।